|

पाल्पा : पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या १५ सय नजिक पुगेको छ। सोमबारसम्म संक्रमितको संख्या १ हजार ४७३ जना पुगेको छ। 

संक्रमितमध्ये १ हजार १२७ जना पुरूष र ३४६ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए। संक्रमित हुनेमा ७३ जना स्वास्थ्यकर्मी र एक महिला स्वयम्सेवीका समेत रहेका छन्। संक्रमितमध्ये १ हजार १९३ जना निको भएर घर फर्किसकेका छन्। २६० सक्रिय संक्रमित रहेका छन्।

कोरोना संक्रमितमध्ये सबैभन्दा बढी जिल्लाको सदरमुकाम तानसेनमा रहेका छन्। सूचना अधिकारी पन्थीका अनुसार तानसेन र तानसेनमा विभिन्न अस्पतालमा गरी ४५४ जनाका कोराना संक्रमणको पुष्टि भएको छ। 

यस्तै रामपुर नगरपालिकामा २३७, निस्दी गाउँपालिकामा ११६, पूर्वखोला गाउँपालिकामा २२३, माथागढी गाउँपालिकामा ७७, रम्भा गाउँपालिकामा ८०, बगनासकाली गाउँपालिकामा ९७, तिनाउ गाउँपालिकामा ६३, रिब्दीकोट गाउँपालिकामा ५४, रैनादेवी छहरा गाउँपालिकामा ७२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ। उनीहरूमध्य ७५३ जना समुदायस्तरका रहेका छन्। 

मृतकको संख्या २० पुग्यो 

कोरोना संक्रमणका कारण पाल्पमा मृत्यु हुनेको संख्या २० पुगेको छ। तानसेन नगरपालिकामा सबैभन्दा बढीको मृत्यु भएको छ। जिल्लाको सदरमुकाम समेत रहेको तानसेनमा सातजनाको मृत्यु भएको सूचना अधिकारी पन्थीले जानकारी दिए।

यस्तै, बगनासकाली गाउँपालिका र पूर्वखोला गाउँपालिकामा ३÷३ जना, रामपुर नगरपालिका र माथागढी गाउँपालिकामा २÷२ र रिब्दीकोट, तिनाउ र रम्भा गाउँपालिकामा १÷१ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.