|

काठमाडौं :  जोखिम भत्ता उपलब्ध नगराएको भन्दै एक महिनादेखि आन्दोलनरत कर्मचारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालका पदाधिकारीलाई प्रवेशमा रोक लगाएका छन्। 

लामो समय सम्म पनि जोखिम भत्ता उपलब्ध नगराएको भन्दै ३६ दिनदेखि आन्दोलनरत न्याम्स अन्तर्गतका कर्मचारीहरुले प्रवेश निषेध लेखिएको ब्यानर टाँगेर पदाधिकारीलाई रोक लगाएका कर्मचारी युनियनका सचिव दिपक मुडभरीले बताए।

उनका अनुसार अस्पतालका निर्देशक, न्याम्सका उपकुलपति, रेक्टर, सहायक रेक्टर लगायतलाई अस्पतालमा प्रवेशमा रोक लगाइएको हो। 

चिकित्सक र कर्मचारीले जोखिम भत्ता पाउनुपर्ने लगायतका माग राखेर गत २८ कात्तिकदेखि दैनिक साढे १० देखि साढे ११ बजेसम्म अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना तथा आन्दोलन गर्दै आएका छन् ।

गत २५ कात्तिकमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीले त्यस्तै उनीहरुले कोरोना बिमा, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलव भत्ता, औषधि खरिद खर्च, दशैँ खर्च पनि भुक्तानी गर्न माग राख्दै आन्दोलन गरिरहेका छन्।

नेपाल स्वास्थ्यकर्मी संघ, फ्याकल्टी डक्टर्स एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल नर्सिङ संघ, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन, अखिल नेपाल श्रमिक संघले आन्दोलनमा समर्थन गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.