|

पाल्पा : पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामपुर नगरपालिका १० का ८४ वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। ती पुरूषको उपचार क्रममा सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ। उनको आइतबार साँझ मृत्यु भएको हो। 

स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। यससँगै पाल्पामा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.