|

इलाम : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्।

गत वर्ष राष्ट्रिय टोलीको कप्तान छाडेका पारस आइसिसीको ’एसोसिएट राष्ट्र’बाट पछिल्लो दशक कै उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन्।

आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका अलराउन्डर पारसकै नेतृत्वमा नेपालले २०१४ को ट्वान्टी–२० विश्वकप खेलेको थियो। पारससँगै स्कटल्यान्डका रिची बेरिङटोन, काइल कोएट्जर, कालुम म्याकलियोड, पपुवा न्यु गिनियाका आसद भला र नेदरल्यान्ड्सका पिटर बोरेन पनि मनोनयनमा परेका छन्।

पारस सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य थिए। उनले पहिलो अन्तर्राष्ट्रिय खेल अन्डर–१५ एसिया कप यूएई मा सन् २००२ डिसेम्बरमा खेलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.