|

काठमाडौं :  बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरण अन्तर्गत मंलबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई ४–० ले पराजित गरेको हो।

समूह जी मा रहेको बार्सिलोनाले समूहका सबै चार खेलमा जित निकालेर १२ अंक बनाइ अन्तिम १६ मा पुग्ने निश्चित गरेको हो।​ अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले ५७ र ७० औँ मिनेटमा गरि दुई गोल गरे।

यस्तै सेर्गिनो डेस्टले ५२ औँ तथा एन्टोनी ग्रिजम्यानले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा गोल गरि जित दिलाएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.