|

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। एकै दिन पाँच लाख २५ हजार ३८६ नयाँ संक्रमति थपिएसँगै कुल संक्रमितको संख्या ६ करोड ७० हजार ५९९ पुगेको हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक लाख ६४ हजार ५६६ जनामा संक्रमण पुष्टि भएको छ। भारतमा ४४ हजार, ब्राजिलमा ३३ हजार ५४५, रसियामा २४ हजार ३२६, इटलीमा २३ हजार २३२, बेलायतमा ११ हजार २०० संक्रमित थपिएका छन्।

विश्वमा २४ घण्टामा ११ हजार ५८१ जनाको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा दुई हजार ११५, भारतमा ४८९, ब्राजिलमा ६३८, फ्रान्समा ५९२, रुसमा ४९१, बेलायतमा ६०८, स्पेनमा ५३७, इटालीम ८८३ जनाकोे मृत्यु भएको हो। यससंगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ लाख १३ हजार ६६२ पुगेको छ।

यस्तै, चार करोड १५ लाख सात हजार १२४ जना संक्रमणमुक्त भइसकेका अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.