|

सर्लाही : हुलाकी र अन्य ग्रामीण सडकको धुलोले सर्लाहीका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। निर्माणका क्रममा अलपत्र छाडिएका सडकमा उड्ने धुलोले जनजीवन प्रभावित भएको हो।

पूर्व–पश्चिम राजमार्ग र अन्य केही भित्री सडकबाहेक यस क्षेत्रका अधिकांश सडक धुलाम्य छन्। भारतीय सीमावर्ती क्षेत्र नजिकको पूर्व–पश्चिम हुलाकी सडक र सर्लाहीको पश्चिमी र पूर्वी भेगबाट सदरमुकाम मलंगवासम्म पुग्ने सडक सबैभन्दा खराब छन्। धुलोले दक्षिणी भेगका अधिकांश गाउँका वासिन्दाको जनजीवन कष्टकर बनेको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले बताए।

पश्चिम बलरादेखि पूर्व संग्रामपुरसम्मको हुलाकी सडक र ग्रामीण सडक भएर सदरमुकाम आइपुग्दा धुलोले बिरामी नै पर्ने अवस्था रहेको चौधरी बताउँछन्। धुलोले सडक छेउछाउका वासिन्दा र यात्रु असर परिरहे पनि नियमक निकायले कुनै चासो नदिएको उनको भनाइ छ।

वर्षायाममा यी सडक हिलाम्य र जलमग्न हुने गरेका छन्। सरकारका मन्त्री, नियमक निकायका जिम्मेवार कर्मचारी, ठेकेदार लगायतले वर्षाैंदेखि आश्वासन दिँदै आए पनि सडक निर्माण नहुँदा स्थानीयहरु निराश बनेको कौडेना गाउँपालिका–३ का नागेन्द्र राउतले बताए। सडकबाट आउने धुलोले नै स्थानीयहरु श्वासप्रश्वासलगायत रोगको शिकार बनिरहेको उनको भनाइ छ।

हुलाकी राजमार्ग अन्तर्गत जिल्लाको नवलपुर–मलङ्गवा र नयाँरोड–मधुवनी सडक गत वर्ष कालोपत्रे पूरा भएपछि धूलोबाट मुक्ति मिले पनि पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडक निमार्णको काम अघि बढ्न सकेका छैनन्। यस्तै फूलजोर–बयलवास र बाँके–संग्रामपुर सडकमा पनि आधा काम मात्रै भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.