|

काठमाडौं :  नेपाल राष्ट्र बैंकले साविककै आकार तथा रङमा  १० रुपैयाको को नयाँ नोट आजबाट चलनचल्तीमा ल्याएको छ।

१० को नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको छाप रहेको छ। गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०७६ लेखिएको छ।

राष्ट्र बैंकको गर्भनर भएपछि अधिकारीको हस्ताक्षर भएको पहिलो नोट बजारमा आएको राष्ट्रबैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

उनले भने ‘उहाँ गभर्नर भएपछि हस्ताक्षरसहितको नयाँ नोट बजारमा आएको हो। यसअघि पुरानै गभर्नरको हस्ताक्षर भएका नोट बजारमा चलनचल्तीमा थिए।'

नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ। नोटको मध्यभागमा कृष्णसारको चित्र रहेको छ भने तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज् टेन लेखिएको छ। 

नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा २०२० एडी लेखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.