|

पश्चिम नवलपरासी : बर्दघाट नगरपालिकाले दमकल खरिद गरेको छ। नगरपालिकाले खरिद गरेको दमकल मंगलबार आइपुगेको नगर प्रमुख धिरज शर्मा बस्यालले बताए।

नगरपालिकाको आफ्नो दमकल नहुँदा आगलागीका घटना हुँदा रामग्राम नगरपालिका, बुटवल, कावासोती वा नारायणगढबाट दमकल मगाउनुपर्ने बाध्यता रहँदै आएको थियो।

बर्दघाट जगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा दमकल खरिद गर्ने उल्लेख गरेको थियो। सोही अनुरुप खरिद गरिएको नगर प्रमुख बस्यालले बताए। दमकलका लागि आवश्यक अग्नि नियन्त्रकसहितको जनशक्ति पनि छिट्टै व्यवस्थापन हुने उनको भनाइ छ। दमकलले नगरपालिकासँग सीमा जोडिएका प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, सरावल गाउँपालिकाका लागि पनि सहज हुने भएको छ।

यसअघि रामग्राम नगरपालिकामा दुईवटा दमकल रहे पनि एउटा दमकल खराब भएपछि एउटा मात्रै दमकल प्रयोगमा आइरहेकोमा बर्दघाट नगरपालिकाले दमकल खरिद गरेपछि जिल्लामा दुईवटा दमकलले सेवा दिने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.