|

काठमाडौं : सुनको भाउ आज पनि घटेको छ। 

आज छापावाल सुन तोलामा१ हजार रुपैयाँ घटेर प्रतिलोला ९१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन तोलामा १ हजार ८ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ। बुधबार चाँदीको भाउ प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ तोकिएको  महासंघले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.