हरिबोल गजुरेल भन्छन् : एकलौटी छाप्‍नु हुँदैनथ्यो

|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी रूपमा किताब छापेर प्रकाशनमा ल्याएपछि नेकपाभित्रको विवाद थप चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवाद उत्कर्षमा पुगेको बेलामा अध्यक्ष दाहालले एकलौटी रूपमा छापेपछि प्रधानमन्त्री ओली निकटका नेता असन्तुष्ट बनेका छन्। 

अध्यक्ष दाहालले पार्टीको लोगोसहितको सचिवालय बैठक सहमतिका लागि प्रधानमन्त्री तथा अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई बुझाइएको पत्र, प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’लाई दिनुभएको जवाफ, प्रचण्डले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ र नेकपाको ७० औं सचिवालय बैठकमा प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव समावेश गराएर किताब प्रकाशनमा ल्याएका छन्। 

अध्यक्ष दाहालले किताब यी पत्रहरू समावेश गरेर प्रदेश र जिल्ला तहसम्म वितरण गरेपछि विवादमा सहयात्रा गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले समेत फरक मत राखेका छन्। उनले प्रधानमन्त्री ओलीले पनि मंसिर १३ गतेको सचिवालय बैठकमा पेश गरेपछि सबै समावेश गराएर मात्रै पुस्तक बनाएर प्रकाशन गर्नुपर्ने मत राखेको उनीनिकट नेताहरू बताउँछन्। 

'एकलौटी छाप्‍नु हुँदैनथ्यो'

प्रचण्डले एकलौटी रूपमा किताब प्रकाशन गर्ने नहुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन्। ‘उहाँले एकलौटी रूपमा किताप छाप्‍न मिल्दैनथ्यो। पार्टीभित्रको विवाद चर्किरहेको बेलामा प्रधानमन्त्री ओलीको जवाफ पनि त्यसमा समावेश गर्नुपर्थ्यो’ उनले भने। 

अध्यक्ष दाहालले किताब छापेपछि पार्टीभित्रको विवाद अब थब बढ्ने उनको भनाइ छ। ‘पार्टीभित्रको विवादलाई किताब प्रकाशनले थप प्रोत्साहन गर्छ’ उनले भने। 

पार्टीभित्रको विवाद चलिरहेको बेलामा नेता नेपालसँग छलफल नगरी तल्लो तहसम्म राजनीतिक प्रतिवेदन पठाउन नहुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। अध्यक्ष दाहालसहित बहुमत सदस्यले बुझाएको प्रतिवेदन सचिवालयमा छलफल भएपछि मात्रै स्थायी कमिटीमा आएपछि मात्रै तल्लो तहसम्म पठाउने नपठाउने निर्णय हुने उनले भनाइ छ। 

पूर्णपाठ :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.