९० प्रतिशत बढी बजेट खर्च गर्ने दाबी

|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष पहिलो चौमासिकको खर्च विवरण सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पहिलो चौमासिकमा यस वर्ष खर्च वृद्धि गरेको बताए।

मन्त्री बोहराले प्रदेश सरकारले पहिलो चौमासिकमा ६ दशमलव २९ प्रतिशत अर्थात् २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको बताए। चालु आर्थिक वर्ष ०७७/०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजस्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै उनले यस वर्ष गत वर्षभन्दा १ दशमलव ७६ प्रतिशतले खर्च वृद्धि भएको बताए।

गत वर्ष पहिलो चौमासिकमा कुल बजेटको ४ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएको थियो। यस वर्ष चालुतर्फ १ अर्ब १० करोड ४७ लाख ५० हजार अर्थात् ६ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ९९ करोड  ३८ लाख ७६ हजार अर्थात् ५दशमलव ९३ प्रतिशत खर्च भएको मन्त्री बोहराले जानकारी दिए।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा चालुतर्फ ५ दशमलव ४० प्रतिशत र पुँजीगततर्फ ३ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको थियो।

प्रदेश अर्थमन्त्री बोहराले यस वर्ष चालुतर्फ १ दशमलव २५ र पुँजीगततर्फ २ दशमलव ४१ प्रतिशतले खर्च बढी भएको जानकारी दिए।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ५८ हजार बजेट विनियोजन गरिएको थियो। मन्त्री बोहराले यस वर्ष ९० प्रतिशत बढी बजेट खर्च गर्ने दाबी गरेका छन्। पहिलो चौमासिकमा प्रदेश सरकरको बजेट खर्च समेत सन्तुष्टिजनक रहेको उनले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.