|

अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव तथा सरकारका अर्थमन्त्री विष्णु पौडेललाई कांग्रेसले कालो झण्डा देखाएको भन्दै नेकपा रुपन्देहीले आपत्ति जनाएको छ।

नेकपा रुपन्देहीले बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई कालो झण्डा देखाएकोमा आपत्ति जनाएको हो। बुधबार पौडेललाई नेपाली कांग्रेस रुपन्देहीले कालो झण्डा देखाएर विरोध गरेको थियो। 

नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंद्वारा बुधबार दिउँसो जारी गरिएको विज्ञप्तिमा शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाइँ सँगसँगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उद्घाटन, शिलान्यास र अनुगमनको सिलसिलामा रहेका अर्थमन्त्रीको विरोध गरेर कांग्रेसले आफूलाई कुन दिशा तर्फ फर्काउन खोजिएको हो जारी विज्ञप्तीमा भनिएको छ।  

सबै विकास प्रयासहरूको विपक्षमा खडा गर्न चाहेको त होइन? भनेर गम्भीर प्रश्न खडा भएको उल्लेख छ। यस सन्दर्भमा नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न नेकपा रुपन्देहीले आग्रह गरेको छ। भोलिका दिनमा रूपन्देहीको समग्र विकासमा हातेमालो गरेर अगाडि बढ्न कठिन परिस्थिति आउन सक्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.