|

काठमाडौं :  ‘माया हे माया’ बोलको गीत सार्वजनिक भएको छ।

कलाकार तथा रंग पत्रकार चिरञ्जिवी सापकोटाको र सुशीला थापाको अभिनय रहेको उक्त गीत आहा टिभी युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको हो। गीतमा बिन्दु परियार र राज सागरको स्वर रहेको छ। शब्द ध्रुवप्रसाद अम्गाई, संगीत राज सागर र एरेन्ज साहस शाक्यको रहेको छ।

गीतको भिडियो शिशिर श्रेष्ठले निर्देशन गरेका छन्। भने राजेश घिमिरेले छायांकन गरेका छन्। सापकोटा पछिल्लो समय कलाकारिता क्षेत्रमा लोकप्रिय बन्दै गएका छन्। लामो समय रंग पत्रकारिता गरेका सापकोटा अहिले कलाकारितामा संर्घषरत छन्।

बाल कलाकारिताबाट कलाकारितामा लागेका सापकोटा त्यसपछि भने पत्रकारितामा सक्रिय रहे। सुर्खेतबाट पत्रकारिता यात्रा सुरु गरेका सापकोटा स्थानीय रेडियोमा सक्रिय थिए।

त्यसपछि उनले काठमाडौंमा आएर विभिन्न सञ्चारमाध्यामबाट पत्रकारितालाई निरन्तरता दिए। सापकोटा पछिल्लो केही वर्षयता रंग पत्रकारितामा सक्रिय छन्। लकडाउनयता भने उनी कलाकारितामा सक्रिय छन्। लकडाउनमै उनले आफ्नै आवाजमा गीतहरु पनि सार्वजनिक गरेका हुन्। 

उनको ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतले सफलता पाएको छ। गीतलाई युट्युबमा ५० लाख बढी हेरिएको छ। सापकोटाले यो गीतमा मोडलिङ गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.