|

काठमाडौं : पोखरा महानगरपालिकामा दुईजना काेराेना भाइरस संक्रमितको मृत्यु भएको छ। वडा-२ का ५९ वर्षीय पुरुष र वडा ३२- अर्की ६६ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो।

५९ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा १० गते मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। मृतकलाई ५ गते कोरोना पुष्टि भएको थियो। उनमा दीर्घ रोग मिर्गौलाको समस्या र मधुमेह रहेको थियो।

त्यसैगरी, ६६ वर्षीय संक्रमित महिलाको उपचारको क्रममा आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनलाई ५ गते कोरोना पुष्टि भएको थियो। दीर्घ रोग मधुमेह रहेको थियो।

योसँगै कास्कीमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या ४६ छ।  गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ११ हजार ५ सय ५६ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.