|

दाङ :  दाङमा बिहीबारसम्म २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। २१ हजार ८८३ जनाको   स्वाब पिसिआर परीक्षण गर्दा २ हजार ९६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

कार्यालयका अनुसार संक्रमितमध्ये २ हजार ६०२ जना निको भएर डिस्चार्ज भएका छन्, भने ३३४ जना सक्रिय संक्रमतिहरु रहेका छन्। सक्रिय संक्रमितमध्ये २३५ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ९९ जना रहेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए।  त्यस्तै, घोराही उपमहानगरपालिकामा १ हजार १ सय ८३ जना कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म ३ हजार ८१६ जनाको स्वाब परीक्षण गरिएकोमा १ हजार १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। सङक्रमित मध्य ९ सय ९८ जना डिस्चार्ज भइसकेका छन्, भने ११ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमित १ सय ७४ जना रहेको शाखाले जनाएको छ।

त्यसैगरी, तुलसीपुर उपमहानगरमा हालसम्म ७१२ जनाको कोरोना भाइसर संक्रमण पुष्टि भएको उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाले जनाएको छ। संक्रमितमध्ये ५६३ जना निको भएर डिस्चार्ज भएका छन्, भने १४९ .जना सक्रिय संक्रमितहरू  रहेको उपमहानगरको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए। उनका अनुसार उपमहानगरमा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.