|

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनकी प्रेमिका अलिना काबाएवाको बेला बेला चर्चा भइरहन्छ। राष्ट्रपति पुटिन पदका हिसाबले शक्तिशाली त छन् नै शारीरिक रुपमा पनि उत्तिकै बलिया पनि! पुटिन त सदा चर्चामा हुन्छन् नै सँगै उनकी प्रेमिका पनि आमनागरिकका लागि गसिपकी पात्र भइरहन्छिन्।

यस्तोमा उनीहरुको सम्पत्तिलाई लिएर पनि अड्कलबाजी भइरहन्छ। के तपाईंलाई थाहा छ पुटिनकी प्रेमिका कति धनी छिन्? रुसी सरकारको कर विवरण अनुसार उनले हरेक वर्ष लगभग ७५ लाख पाउण्ड कमाउँछिन्।

उनी एक मिडिया कम्पनीकी मालिक हुन्। राष्ट्रपति पुटिन र उनको भेट सन् २००१ मा भएको थियो।​ काबाएवाको बारेमा भनिन्छ अड्कलबाजी गर्नेले उनी विलाशी जीवन बिताउने गरेको बताउँछन्। 

पुटिनसँगै उनी खेलकुदमा पनि रुचि राख्छिन्। उनी जिम्‍न्यास्टिकमा ओलम्पिक स्वर्ण पदक विजेता हुन्। यद्यपि रसियन मिडियाका विज्ञले  दुईबीच कुनै सम्बन्ध रहेको बताउँदै आएका छन्। ‍

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.