|

काठमाडौं : मोरङ क्षेत्र नम्बर १ का सभापति तथा महासमिति सदस्य ईश्वरी कोइरालाको मृत्यु भएको छ। विराटनगरस्थित नोबल अस्पतालमा उपचाररत कोइरालाको आज बिहान १० बजेर २४ मिनेटमा मृत्यु भएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

कोइराला क्षेत्र नम्बर १ प्रदेशसभा सदस्य उम्मेदवार पनि थिए। उनले नेपालको विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। केही दिनअघि उनलाई कोरोना पोजेटिभ भई नेगेटिभ आएको थियो। निमोनियाको समस्या भएकोले उनी अस्पतालमा उपचाररत थिए।

पार्टी सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुख व्यक्त गरेका छन्। उनले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको योगदानलाई स्मरण गर्दै भावपूर्ण श्रदाञ्जलि प्रकट गरेका छन्।

त्यसैगरी, केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मीनेन्द्र रिजालले उनको निधनप्रति दु:खपूर्ण प्रतिक्रिया दिएका छन्।

कोइराला लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत थिए। उनको दाजुको गोपाल एक दिनअघि कोरोना संक्रमणबाट निधन भएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.