|

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्न आफू तयार रहेको संकेत गरेका छन्। ट्रम्पले औपचारिक रुपमा जो बाइडेनको जित घोषणा भएको खण्डमा आफूले ह्वाइट हाउस छाड्ने बताएका हुन्।

तर‚ उनले अझै पनि आफूले हार नस्वीकार्ने तर्क गरेका छन्।‘ निश्‍चय नै म त्यसो गर्नेछु‚ तपाईंलाई थाहा छ’‚ ह्वाइट हाउस छाड्नेबारे पत्रकारले सोधेको प्रश्‍नमा उनले भने‚ ‘तर‚ यो सबै स्वीकार्न एकदम गाह्रो छ‚ किनकी निर्वाचनमा ठूलो धाँधली भएको छ।’

यद्यपि उनले धाँधलीको प्रमाण भने पेश गर्न सकेनन्।​ इलेक्टोरल कलेजले बाइडेनको जित घोषणा गरेको खण्डमा त्यो ठूलो गल्ती ठहरिने उनले बताए। थप प्रश्न राख्न खोजेका पत्रकारलाई हकार्दै उनले भने‚ ‘मसँग यस्तो तरिकाले कुरा नगर्नुस्। म अमेरिकाको राष्ट्रपति हुँ।’

चुनावयता ट्रम्पले पहिलोपटक प्रेसको सामना गरेका हुन्। बाइडेनको पक्षमा प्रष्ट चुनावी नतिजा देखिइसक्दा पनि ट्रम्पले अस्वीकार गर्दै आएका छन्।​ उता बाइडेनले ह्‍वाइट हाउस प्रवेशको तयारी थालिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.