|

बुटवल : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ।

झुम्सा–दोभान खण्डमा सडक कालोपत्रे गर्ने भएपछि आइतबारदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ। 

बिहान १०ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए। ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन्।

घुम्तीका कारण अत्यधिक दुर्घटना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने कामलाई बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.