प्रहरीचौकीका सबैमा कोरोना, चौकी नै आइसोलेसन

|

बैतडी : कोरोना जोखिम बढ्दै गएको भन्दै बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ। नगरकार्यपालिकाको शुक्रबार बसेको बैठकले शनिबारदेखि मंसिर २२ गते सम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो।

नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिए।

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दूरीका यातायात बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने उनले जनाए। 

यस्तै अतिआवश्यकबाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ। यसैगरी रुखाखोकी, ज्वरोका बिरामीले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ।

यस्तै नगर क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाले हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकारमातहत कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षाबाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, विवाहमा १० जना मात्रै सहभागी हुन दिनेलगायत निर्णय गरेको छ। 

यस्तै कोरोना पुष्टि भएका प्रहरीको स्वास्थ्य अवस्था भने समान्य छ। शुक्रबार नै डिलाशैनी ३ का एक ३० वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ। योसँगै जिल्लामा संक्रमित संख्या ५ सय ३३ पुगेको छ।

सक्रिय संक्रमितको संख्या भने ३८ रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १८, डिालाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा ४ र सुर्नया, पञ्चेश्वर र दोगडाकेदारमा १/१ जना छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.