|

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा पुगेको छ। गत महिना मात्रै नेपाल १ सय ७० औं स्थानमा थियो।

नेपालले कोभिड संकटकाबीचमा दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एकमा हार र एकमा बराबरी खेलेको थियव। नेपालले बंगलादेशसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एक हार र एकमा बराबरी नतिजा निकालेको हो।

वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा छ। नेपालभन्दा माथि भारत र माल्दिभ्स छन्। भारत १ सय ४ औं स्थानमा छ। यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा छ।

नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन्। भुटान १८९ औं, बंगलादेश १८४ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा छन्। 

नयाँ वरीयतामा पनि बेल्जियम शीर्ष स्थानमा यथावत छ। यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र पाँचौ स्थानमा पोर्चुगल रहेका छन्। त्यसैगरि वरीयताको छैटौं स्थानमा स्पेनमा छ भने सातौंमा अर्जेन्टिना रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.