काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीभित्रको विवादको क्रममा विधिले जित्यो भने जनताको जित हुने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले पार्टीभित्रको विवाद विधि र पद्धतिमा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।
आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफैँभित्रको इमान नापेर हेर्नुपर्ने उनले तर्क गरेका छन्। संस्थागत मूल्य बोध गरेर सिद्धान्त विधि पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर्नुपर्ने उनले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक स्वार्थको कारणले पार्टी विभाजनको संघारमा पुगेको बेलामा आफू हारेर पार्टीलाई बचाउन आग्रह गरेका छन्।
आफूलाई नेता हुँ भन्नेले सर्वप्रथम आफैँभित्रको इमान नापेर हेर। संस्थागत मूल्य बोध गर उनले लेखेका छन्, सिद्धान्त विधि पद्धतिलाई व्यवहारमा लागू गरेर प्रमाणित गर। अनि आफू हारेर पार्टीलाई बचाएर भन म नेता हुँ। त्यसो भए विधिले जित्नेछ। यसपटक विधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जित हुनेछ। अन्यथा...।
कात्तिक २८ गतेको सचिवालयमा अध्यक्ष दाहालले १९ पृष्ठको प्रतिवेदन बुझाएपछि नेकपाभित्रको विवाद चर्किएको छ। त्यो प्रतिवेदनको प्रतिउत्तर आज प्रधानमन्त्री ओलीले दिने तयारी छ।
आफुलाई नेता हुँ भन्नेले सर्वप्रथम आफै भित्रको इमान नापेर हेर।संस्थागत मूल्य बोध गर।
— Janardan Sharma (@JSPrabhakar) November 28, 2020
सिद्धान्त बिधि पद्धतिलाई व्यवहारमा लागु गरेर प्रमाणित गर।
अनि आफु हारेर पार्टीलाई बचाएर भन म नेता हुँ।त्यसो भए बिधिले जित्ने छ।
यसपटक बिधिले जित्यो भने राष्ट्र,वर्ग र जनताको जीत हुनेछ।
अन्यथा ...
तपाईंको ईमेल गोप्य राखिनेछ ।