'सरकारले व्यवसायीको प्रोटोकल निर्माण गर्नुपर्छ'

|

चुनाव एक प्रक्रिया हो।  नेपाल वाणिज्य महासंघ भनेको नेपालको सबैभन्दा ठूलो संजाल भएको संस्था हो।  यो एक अर्थतन्त्रमा एक आशा र भरोसाको केन्द्र पनि हो। नेपालको विभिन्न कालखण्ड पञ्चायतीदेखि बहुदल हुँदै आजको मितिसम्म आइपुग्दा पनि बिना कुनै समस्यामा पनि अर्थतन्त्रलाई चलायमान बनाउँदै अगाडि बढेको संस्था हो।

यो संस्था चलाउन पनि आफ्नै प्रक्रिया रहेका छन्।  महासंघको विधानले दिएको  समयसीमा हेरेर  सरकारसँग अनुमति मागेर कोभिडको प्रोटोकल हेरेर  निर्वाचन गर्न अनुमति दिएको छ।

यदि कोरोनाको संकट हटेको भए आज चुनावमा कम्तीमा पाँच हजारभन्दा बढी व्यक्तिको उपस्थिति हुन सक्थ्यो। तर, अहिले जिल्ला नगरको १ सय ६ जना मतदाता छन् भने ३८ जना उम्मेदवार रहेका छन्। उहाँहरूलाई सहयोग गर्न स्वयंसेवकहरू जोड्ने हो भने ४ सयको हाराहारीमा रहेका छन्।

४ सयको हाराहारीबीचमा हामीले निर्वाचन गर्ने कार्य अगाडि बढाइरहेका छौं।  यो निर्वाचनले एक निकास दिनेमा हामी आशावादी छौं।  यो निकासका लागि नयाँ महासंघमा कार्यसमिति अपरिहार्य रहेको थियो।  हामीले सहमति, सहकार्यको प्रक्रिया अगाडि बढे पनि अन्तत: चुनाव हुने भयो। महासंघलाई पनि निर्वाचनको लत लागेको भएकोले सहमति सहकार्य गर्न असहमर्थ भयौं।

यो निर्वाचनपश्चात् एक सशक्त समूहले महासंघको नेतृत्व गर्ने नै छ। यो संगठनले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।

अहिले महासंघले गर्नुपर्ने मूख्य काम भनेको कोरोना संकटले थिलोथिलो पारेको आर्थिक संकटलाई हल गर्नुपर्ने दायित्व छ। ओरालो लागेको अर्थतन्त्र लयमा ल्याएर तीव्र आर्थिक विकास जरुरी छ। बढ्दो बेरोजगारीदर पनि हामी सामू मुख्य चुनौती हो। यसको समाधानको लागि दीर्घकालीन योजना महासंघले ल्याउन जरुरी छ।

रोजगार विकासका लागि नेपालमा सम्भावित विकासका लागि सरकारले उद्योगी व्यवसायीलाई उकास्‍न महत्वपूर्ण भूमिका खेल्न सकेन भने हामीले सोचेको आर्थिक विकास सम्भव छैन। हाम्रा मौलिक उत्पादनहरू निर्यात नभएसम्म हामी आत्मनिर्भरको बाटोमा हिँड्न सम्भव छैन।

अहिले यो अवस्थामा हाम्रो अर्थतन्त्र सबल बनाउन पहिलो प्राथमिकता भनेको कृषि हो। कृषि उत्पादनमा सरकारले आधुनिकरण गर्न भाषण होइन। व्यवहारमा लागू गरोस्। यसका लागि महासंघलाई साथ र सहयोग गरोस्।

अहिले अर्थतन्त्रका उदार सोचलाई व्यापक बनाएर अगाडि बढ्ने साधकहरूको अनुसन्धान गर्न जरुरी भइसकेको छ।कृषिका लागि चाहिने जनशक्तिहरू खाडीमा छन्। उनीहरूलाई रोक्नका लागि पनि महासंघले भूमिका खेल्ने अपेक्षा बढी छ।

ती मजदुरलाई दक्ष बनाउन पनि जरुरी छ। सरकारले निजी क्षेत्रलाई सहयोग गर्न नखोजेको पनि होइन् तर निजी क्षेत्रको अलमल र स्थायित्वको अभाव खड्किएको कारण निजी क्षेत्र र सरकार सँगसँगै हिँड्न सकेन। जसको असर हाम्रो अर्थतन्त्रमा देखिएको छ।

यो पटक जुनसुकै समूहले जिते पनि देशको लागि १० वर्षे योजना ल्याउनुपर्छ।  लगानी बाँडफाँडदेखि रोजगारीलाई व्यवस्थित गर्न मद्दत पुग्छ। रोजगारदाताको सम्मान पनि दिनुपर्छ।

अहिले उद्योगी व्यवसायीहरूको प्रोटोकल के हो? सरकारले उद्योग व्यवसायीलाई कुन हदमा राखेको भन्ने कुराको नै निर्णय गर्ना सकेको छैन। व्यवसायीको मर्यादाक्रमको के हो? करदाताको मर्यादाक्रम के हो? यो बारे सरकार मौन छ। जबसम्म सरकार मौन बस्छ,व्यवसायीहरुले आफ्नो अस्तित्व स्वीकार गर्दैन। तबसम्म सरकार र निजीक्षेत्रबीच टसल परिरहन्छ। जसको असर अर्थतन्त्रमा पर्छ।

अब आउने समूहले यसबारे गम्भीर भएर अगाडि बढ्छ। बढ्नुपर्छ।  म आफैँले पनि जिल्ला नगरको खुल्लातर्फ सदस्यमा उम्मेदवारी दिएको छु। म आफू उम्मेदवारी उठ्नुको मुख्य कारण भनेको जबसम्म जिल्ला नगरको साथीहरू ५० प्रतिशतको अधिकार बोकेर आउँछन्। उनीहरू स्थापित हुन पाएका छैनन्।

उनीहरू चेयरमेन हुन पाउँदैनन्। तबसम्म जिल्लाको आवाज स्थापित हुन पाउँदैनन्। त्यो  आवाज स्थापित गर्न विगतदेखि भएका ठेकेदारी प्रथाबाट चुनाव जिताउने प्रक्रियालाई हटाउनु हो। शुद्दीकरणको लागि हो। सुदृढीकरणका लागि हो। हामीभित्र भएका समस्या समधानका लागि कसैले न कसैले पहल गर्न जरुरी छ।  म अभियानकर्ताको रूपमा लागेको छु।मेरो उद्देश्य भनेको सम्पूर्ण महासंघप्रति जनताको आशा र अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास र सरकारको भरोसा राख्न मेरो उम्मेदवारी रहेको छ।  जिल्लाको अस्तित्व स्थापित गर्ने मेरो पहिलो लक्ष्य हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.