|

दाङ : गढवा गाउँपालिका-८ कोइलाबासमा हावाबाट विद्युत् उत्पादनको सफल परीक्षण भएपछि स्थानीय खुशी भएका छन्।कोइलाबासमा हावाबाट विद्युत् उत्पादन गर्न करिब ३ वर्षदेखि परीक्षण गर्नको लागि काम शुरु गरिएको भए तापनि अहिले  परीक्षण सफल भएको हो।

विभिन्न कारणले ओझेलमा परेको कोइलाबासले पछिल्लो समयमा मुहार फेर्न लागेको छ। विद्युत्, खानेपानी, सडक जस्ता कुराबाट पछाडी परेको कोइलाबासमा खानेपानी, सडक, विद्युत  विस्तार हुन लागेपछि फेरि पनि पहिलेको जस्तै चहल पहल हुनेको स्थानीयको विश्वास रहेको छ।

लामो समयदेखि विद्युतको पहुँचबाट वञ्चित कोइलाबास नागरिकहरूको लागी विद्युतको सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरीएको परीक्षण सफल भएको हो। गढवा गाउँपालिका वडा-८ का स्थानिय शिवराज पन्थीले विश्व बैंकको लगानीमा ठुलो टावर स्थापना गरी हावाबाट विद्युत निकाल्न विगत ३ वर्षदेखि शुरुवात भएको बताए।

‘अहिले ३ वर्ष पछि हावाबाट विजुली निकाल्ने काम सफल भएको छ,’ उनले भने,‘ अहिले उक्त विद्युत प्रसारण नभए पनि हावाबाट विद्युत निक्लेपछि हामी धेरै खुशी छौँ।  यदि यो विद्युत प्रयोग गर्न पायौ, भने हामीलाई बाहिरबाट आउने विद्युतको समस्या भोग्नु पर्दैन्।’

त्यस्तै, अर्का स्थानीय सन्तोसकुमार गुप्ताले अहिले कोइलाबासमा हावाबाट विद्युत् उत्पादन गर्न गरिएको परीक्षण सफल भएपछि विद्युतको पहुँचदेखि टाढा रहेका यहाँ स्थानीयहरूलाई अब बिजुली बाल्न पाइन्छ, भनेर आशा जागेको  बताए। त्यसैगरी यहाँबाट विद्युत उत्पादन हुन्छ, भन्ने सफल भइसकेपछि अब यहाँ विद्युत विस्तारको लागी व्यवस्थापन छिटो भन्दा छिटो हुनु पर्ने उनको भनाई छ।
‘जुन  बेला देशमा लोडसेडिङ थियो, त्यो बेला विकल्पको रुपमा सम्भावनाको खोजी गरिएको थियो', गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रवीलाल आचार्यले भने। कोइलाबास नाकामा रहेका बिभिन्न किसिमका समस्या मध्येको विद्युत पनि एउटा समस्या हो। विद्युतको समस्याले गर्दा यस ठाँउका स्थानियले पनि निकै सास्ती भोग्दै आएका थिए। अब हावाबाट विद्युत उत्पादन गरेर वितरण गर्नसके यहाँ नागरिकलाई सहज हुने उनको भनाई छ। त्यसैगरी उनले यस ठाउँमा हावा धेरै चल्ने भएकाले पनि विद्युत उत्पादनमा सहज हुने समेत बताए।
हावाबाट बिजुली उत्पादन गर्ने काम पहिलो चरणमा सफल भएको जानकारी सहितको पत्र गढवा गाँउपालिकामा आएको गाँउपालिका वडा-८ का वडाध्यक्ष सद्धाम सिद्धिकिले बताए।

कोइलाबास क्षेत्रका नागरिकलाई लक्षित गरी २४ सै घन्टा विद्युत आपुर्तिका लागि विद्युत उत्पादनका लागि हावाबाट विद्युत उत्पादनको लागि काम सुरु गरीएको उनले बताए। विश्व बैंकले नेपालमा विभिन्न विकट विद्युतको पहुँच नभएको र हावाबाट उत्पादन हुने ठाउँमा काम गर्दै आएकोमा कोइलाबास पनि परेको उनले बताए।

‘पहिलो चरणमा परीक्षण गर्दा हावाबाट विद्युत उत्पादन भएको पुष्टि भएको छ,’उनले भने,‘ अब दोस्रो चरणमा ठुला टावर र पंखाहरू ल्याएर काम गर्ने प्रक्रिया छ। यदि यहाँबाट विद्युत उत्पादन भए। यहाँ कहिले विद्युतको समस्या हुदैन्।’ हावाबाट विद्युत उत्पादन भएपछि कोइलाबासमा करिब २५० घरधुरी लाभान्वित हुने छन्। विद्युत उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रक्रिया सम्पन्न भएको हो।

कोइलाबासलाई व्यवस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट बिजुली उत्पादन गरी घरघरमा वितरण गरी उज्यालोमय बनाउने अठोटका साथ काम गरेको गाँउपालीकाका अध्यक्ष सहजराम यादवले बताए।

त्यसैगरी, उनले कोइलाबासलाई व्यवस्थित गर्नको लागी आँखा अस्पताल,जग्गा व्यवस्थापनको  लागी जग्गा विकास कार्यक्रम लगायतका काम गर्न लागेको समेत उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.