|

एजेन्सी :  सोमालियाको राजधानी सहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ। सो हमलामा परी कम्तीमा ६ जनाको ज्यान गएको छ। 

विमानस्थलको सुरक्षा पोष्टमा नभएर आक्रमण यहाँको एक लोकप्रिय आइसक्रिम पसल नजिकै भएको बताइएको छ।

सो आक्रमणमा परी अरु पनि केही नागरिक घाइते भएका छन्। सो आक्रमण यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर गराइएको प्रहरीले जनाएको छ। आत्मघाती आक्रमण कसले र किन गराएको भन्नेबारे भने केही नखुलेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। 

अधिकारीहरुले यस आक्रमणको पछाडिका कारणबारे खोजी गरिरहेको बताएका छन्। सोमालिया सन् १९९० को दशकदेखि हिंसाको शिकार भएको छ। त्यहाँ हरेक महिनाजसो हिंसा भएर कैयौँ नागरिकको ज्यान जाने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.