|

काठमाडौं : स्पेनिस ला लिगामा रियल मड्रिड अलाभेससँग पराजित भएको छ। 

स्टेडियो अल्फेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिड २-१ गोल अन्तरले पराजित भएको हो। खेलको पाँचौं मिनेटमै अलाभेसले खेलमा अग्रता बनाएको थियो। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लुकास पेरेजले अलाभेसलाई अग्रता दिलाए। 

मड्रिडका इडेन हजार्ड खेलको २८ औं मिनेटमा खुट्टामा चोट लागेपछि बाहिरिएका थिए। पहिलो हाफमा मड्रिड एक गोलले पछि रह्यो। दोस्रो हाफमा अलाभेसका लागि जेसेलुले गोल थपे। उनले ४९ मिनेटमा गोल गरेका थिए। यता घरेलु टोलीका लागि ८६ औं मिनेटमा कासेमिरोले सान्त्वना गोल फर्काए।

जितसँगै अलाभेस ११ खेलबाट १३ अंक बनाउँदै अंकतालिककाको १३ औं स्थानमा उक्लिएको छ।   १० खेलबाट १७ अंक बनाएको रियल मड्रिड अंकतालिकाको चौथो स्थानमा छ। तालिकाको शीर्ष दुई स्थानमा समान २३ अंक जोडेका रियल सोसिडाड र एट्लेटिको मड्रिड क्रमश छन् भने तेस्रो स्थानमा १९ अंक जोडेको भिल्ला रियल छ।

यसै गरी गएराति नै भएका अन्य खेलमा एथलेटिको मड्रिडले  भ्यालेन्सियालाई १-० ले हराएको छ भने सेभिल्लाले हुयस्कालाई १-० ले नै हरायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.