|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्रप्रसाद ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गरेका छन्। २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याएका थिए। ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत प्राप्त गरेका थिए।

यसअघि वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि पक्षका दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन्।

यस्तै जिल्ला नगर सदस्यहरुमा राजन श्रेष्ठ , तारानाथ घिमिरे , शोभाकान्त पौडेल , कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत,चक्र बहादुर अधिकारी ,अरुणराज सुमार्गी , देव कुमार श्रेष्ठ , रामेश्वर मानन्धर, कमान बहादुर खड्का, सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। 

यस्तै, कुविर कुमार श्रेष्ठ , डिबी बस्नेत , गोपाल केडिया , महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचार्य र अमृत भट्टचन निर्वाचित भएका छन्।

महासंघको केन्द्रीय सदस्य पदमा प्रदेश–२ बाट विजयकुमार शाह निर्वाचित भएका छन्। त्यसै गण्डकीबाट बाबुराम गिरी विजयी भएका छन् भने लुम्बिनी प्रदेशबाट जसमेर मियाँ विजयी भएका छन्।

त्यस्तै प्रदेश ६ बाट लालिमान बुढा विजयी भए भने सुदुरपश्चिम प्रदेशबाट पुष्पराज कुमार विजयी भएका छन्। त्यसै प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध विजयी भएका छन्। वस्तुगत तर्फ ढकाल प्यानलका समूहबाट सात जना सदस्यमा विजयी भएका छन्। यस्तै, किशोर प्रधान प्यानलबाट पनि सातै जना सदस्यमा आएका हुन्।

प्रधान समूहबाट अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन्। ढकाल समूहका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन्।

त्यसैगरी एशोसिएट सदस्यतर्फ अम्बिका प्रसाद पौडेल, अविनाश बोहरा, आनन्द बगडिया, कृष्ण लाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रबल जंग पाण्डे, भरत राज आचार्च, रञ्जित आचार्य, राजेश कुमार अग्रवाल र  विजयसिंह वैद्य विजयी भएका छन्। यस्तै, शक्ति कुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशिल थापा, सञ्जय गिरि र हेमन्त गोल्छा विजयी भएका छन्।

यसबाहेक ढकाल समूहका विराट थापा र प्रधान समूहका मंगेशलाल श्रेष्ठको समान ४५७ मत आएको छ। उनीहरुमध्ये एक जनालाई गोलाप्रथाबाट चुनिने बताइएको छ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा रहेका थिए। निर्वाचन सकिएसँगै विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बनेका छन्।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना प्रतिस्पर्धामा रहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.