|

काठमाडौं : अस्ट्रेलिया भ्रमणमा रहेको भारत जारी तीन खेलको एकदीवसीय सिरीजमा जित्नै पर्ने दबाबमा रहेको छ।

पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएपछि भारत दोस्रो खेलमा जित्नु पर्ने दबाबमा देखिएको हो। अस्ट्रेलिया १-० ले अघि हुँदै लगातार दोस्रो खेल जित्दै सिरीज कब्जा गर्ने ध्याउनमा रहेको छ।

आज सिड्नीमा हुने दोस्रो खेलमा भारत जित निकाल्दै सिरिजलाई अन्तिम खेल सम्म पुर्याउने ध्याउनमा हुँदा पहिलो खेलमा ब्योहोरेको हारको बदला लिने मौका समेत भारतालाई रहेको छ। पहिलो खेलमा ६६ रनले पराजित भएको भारत दोस्रो खेलमा लय फर्काउने लक्ष्यमा हुने छ। पहिलो खेलमा अस्ट्रेलिया कप्तान एरोन फिन्च तथा स्टीव स्मिथको शतकीय इनिङ तथा म्याक्सवेलको बिस्फोटक  ब्याटिङका कारण ३७५ रनको लक्ष्य दिन सफल भएको थियो। 
जवाफमा भारत ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सफल भएको थियो।

सिड्नीमा भारतको खराब रेकर्ड

सिड्नीमा भारतको खराव इतिहास रहँदै आएको छ। सिड्नीमा भारतले अहिलेसम्म २१ खेल खेलेको छ। जसमा भारत ५ खेलमा मात्रै जित निकालेको छ। जहा, १५ खेलमा भारतले हारको सामना गरेको छ। एक खेल नतिजाविहिन भएको छ। 

वार्नर, फिन्च र स्मिथको लय

अस्ट्रेलियालाई ओपनर डेविड वार्नर तथा कप्तान फिन्चले पहिलो खेलमा १५६ रनको शान्दार ओपनिङ साझेदारी दिएका थिए। वार्नरले ६९ रनको इनिङ खेल्दा फिन्चले ११४ रन बनाएका थिए। त्यसपछि स्मिथले मैदानमा अस्ट्रेलियालाई शानदार अबस्थामा पुर्याउन १०५ रनको स्कोर बनाएका थिए। जहाँ म्याक्सवेलले १९ बलमा ४५ रन बनाए। त्यसैले आइतबारको खेलमा पनि अस्ट्रेलियाले यिनै ब्याटस्म्यानसँग अपेक्षा राखेको छ। 

हेड टु हेड

भारत र अस्ट्रेलियाबिच अहिलेसम्म कुल १४१ एकदिवसीय खेल भएका छन्। जसमा भारतले ५२ खेलमा जित निकाल्दा अस्ट्रेलियाले ७९ खेलमा जित निकालेको छ। जसमा १० खेल नतिजाविहीन भएको छ। अस्ट्रेलियाबिरुद् भारतले उसकै घरेलु मैदानमा ५२ खेल खेलेको छ जसमा १३ मा जित र ३७ खेलमा हार ब्योहोरेको छ। जहाँ २ एकदिवसीय खेल नतिजाविहीन भएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.