|

काठमाडौं : सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैठक बस्‍न नसकेकाले पार्टीमा ठूलो समस्या पैदा भएको बताएका छन्। 

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तीमा अहिले नेकपाभित्र जति पनि समस्या आए ती सबै बैठक बस्‍न नसकेर आएको उल्लेख छ।

‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्‍नुको अर्थ बैठक बस्‍न नदिने गरी विचार राख्‍न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्‍न। पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्‍ने भन्‍ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्‍न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ।’ विज्ञप्तीमा भनिएको छ ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्‍नु? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। बैठक बस्‍न हुन्‍न भन्‍ने विचारलाई महासचिवले साथ दिनुहुन्‍न।’ 

गौतमले पार्टी बाहिर छरिएका विचारहरु आजदेखि पार्टीमा भित्रिएको बताएका छन्। अब सबैले चाहेमा समस्या समाधान गर्न सकिने बताए। ‘किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ। यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ। बैठक बस्‍न छलफल गर्न सुरु गर्दा साथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ। यो बैठक बस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ। बैठकमा आफूलाई लागेको कुरा खुला, खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छुर’ गौतमले भनेका छन्। 

गौतमले आजै दस्तावेजका विषयमा विचार नराख्‍ने पनि बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.