|

एजेन्सी : अफगानिस्तानको घाज्नी प्रान्तमा आज भएको आत्मघाती कार बम विष्फोटमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ।

आत्मघातीले सैनिक शिविरमा गरेको यस घटनालाई निकै घातक मानिएको छ। पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यस्तो आक्रमण भएको थियो। घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिकलाई अस्पतालमा ल्याइएको पुष्टि गर्नुभएको छ।

यस्तै उहाँले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको जानकारी दिनुभएको छ।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट ठुलो क्षति भएको बताउनुभएको छ। अफगान गृह मन्त्रालयका प्रवक्ता तारीक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको गाडी सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिनुभयो। तालिबानी विद्रोही समूहले आक्रमण गरेको आशंका गरिएपनि अहिलेसम्म कसैले पनि यो आक्रमणको जिम्मा लिएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.