|

काठमाडौं : धरानस्थित बिपी कोभिड अस्पतलामा महोत्तरीकी २२ वर्षीय युवतीको मृत्यु भएको छ। बर्दीबास-२ की युवतीको आज बिहान पौने ३ बजे मृत्यु भएको अस्पतालका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

उनी जनकपुर सिटी अस्पतालबाट रिफर भएकी थिइन्। उनलाई दीर्घ रोग थियो। उनलाई २ गते कोरोना पुष्टि भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो। योसँगै प्रतिष्ठानमा कोभिड संक्रमितको मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ।

महोत्तरीमा कोभिड संक्रमितको मृत्यु हुनेको संख्या १९ पुगेको छ। त्यस्तै महोत्तरीमा १८ संक्रमित उपचाररत, संक्रमणमुक्त हुनेको संख्या १९ सय ४९ र कुल संक्रमित १९ सय ८५ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.