|

काठमाडौं :  नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ।

नेपालमा कुल संक्रमितको संख्या भने २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल देशभर सक्रिय संक्रमित संख्या १७ हजार ९ सय ९ छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा पिसिआर विधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २ सय ५५ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो।

त्यसैगरी पछिल्लो चौबीस घण्टामा देशभर थप १ हजार ४ सय ४ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको निधन भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.