|

नयाँ दिल्ली :  भारतमा केन्द्र सरकारले ल्याएकाे  कृषि विधेयकमाथि  किसान आक्रोशित छन्। सरकारविरुद्ध किसान आन्दोलन जारी छ। 

जारी आन्दोलन दिल्लीको सिमानामा जारी छ। आज  दिल्लीको  प्रवेश बिन्दुहरू घेरा गर्ने तयारी गर्दैछन्। किसानहरुको भेलालाई ध्यानमा राख्दै, पुलिसले आवागमनका लागि सिंहु र टिकारी सिमाना बन्द गरेको छ।

सरकार चाहन्छ कि सबै किसानहरू बुरारीमा कुराकानीको लागि तयार हुन्।  'बुरारीमा हामी वार्ता बस्नको लागि तयार छैनौं। बुरारी खुला जेल हो', किसान नेता बलदेव सिंह सिरसाले भने, सरकारले एउटा शर्त तोकेको थियो कि हामीले राजमार्ग खाली गर र बुरारीमा वार्ताको लागि तयार हौं। यो प्रस्ताव अपमानजनक छ। हामी बुरारी मैदान जाने छैनौं किनकि यो खुला जेल हो।'

आन्दोलनलाई अब निष्कर्षमा पुर्‍याउने उनले बताए।  किसान नेता सिरसाले भने, 'हामीसँग यति धेरै रासन छ कि हामी महिनौंसम्म सडकमा बस्नु पर्‍यो भने पनि हामी बस्न तयार छौं।'

गाजियाबाद सीमामा आन्दोलनकारी र पुलिसकाे साथ झडप भइसकेको छ। यद्यपि पछि किसानहरूले पनि भजन गाएर माहोलललाई केहि मत्थर पारेका थिए।

अर्कोतर्फ, सरकार आफ्नो रणनीति बनाउन व्यस्त रहेको छ। गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कृषि मन्त्री नरेन्द्र सिंह तोमरले आइतबार राति भाजपा अध्यक्ष जेपी नड्डाको घरमा बैठक गरेका थिए।

राजमार्गमा मिनी पंजाबको दृश्य

किसान आन्दोलनका कारण राजमार्गको दृश्य मिनी पंजाब जस्तो भएको छ। किसानहरूले ट्रली निर्माण गरेका छन्। यहाँ खाना तयार भइरहेको छ, नुहाउने र लुगा धुने व्यवस्था छ।  कोही प्रदर्शन गर्न तयार छन्। भान्से पकाउँदै छन्। सबैको आ-आफ्नै उत्तरदायित्व पुरा गरिरहेका छन्।

दिल्ली प्रवेश गर्ने राजमार्ग घेर्ने

किसानहरूले दिल्लीले प्रवेश गर्ने पाँच प्रवेशद्वार घेर्ने कार्यक्रम बनाएका छन्।  जहाँबाट दिल्लीलाई थप प्रभावित पार्न सकिने उनीहरूको बुझाई छ। सिरसाले भने, 'हामी सोनीपाटबाट आउने राजमार्ग, रोहतकको बयालीस गढ, जयपुरदेखि दिल्ली राजमार्ग, मथुरा-आगरादेखि दिल्ली राजमार्गलाई घेराबन्दी गर्नेछौं।'

कुनै पनि राजनीतिक दलले हाम्रो मञ्चबाट भाषण दिदैन

किसानहरूको यो प्रदर्शनमा एक समिति गठन गरेका छन्। यो सबै पाँच बिन्दु मा एक धर्ना प्रदर्शन आयोजित गर्नेछ। कुनै पनि राजनीतिक दललाई मञ्चमा बोल्ने अनुमति छैन। कांग्रेस, आप वा कुनै राजनैतिक दलका मानिस हाम्रो स्टेजमा वक्ताको रूपमा बोल्दैनन्। यी बाहेक अन्य संस्थालाई जसले यसकाे नियमलाई पछ्याउँछ उनीहरूलाई बोल्ने अनुमति दिइनेछ।

बुरारीबाट आफ्ना सहकर्मी बोलाउने

किसानले उनीहरूले बुरारीमा उपस्थित आफ्ना सहकर्मीहरूलाई बोलाउने भएका छन्। एउटा समूह पहिले नै बुराारीमा शिविर बनाउँदैछन्। उनीहरूलाई दिल्ली बोलाउने किसानहरूले निर्णय गरिसकेका छन्।

आन्दोलन थप प्रभावकारी बनाउने छन्।  यस अघि गृहमन्त्री अमित शाहले बुराारी मैदानमा किसानहरू जम्मा हुनुपर्ने बताएका थिए। 'किसानहरु बुरारी आएपछि मात्र वार्ता हुनेछ', उनले भने।

 किसान संगठनहरूले भने उनको प्रस्ताव अस्वीकार गरेका छन्। उनीहरूले  भनेका छन् कि तिनीहरू दिल्ली घेर्न आएका हुन्। गिर्न होइन्।

सरकारको वार्ताको प्रस्ताव

केन्द्रीय गृह सचिव अजय भल्लाले ३२ किसान संघहरुलाई वार्ताका लागि पंजाबबाट बुरारी बोलाएका छन्। उनले भनेका छन्, 'किसानहरू बुरारीमा छिर्ने बित्तिकै सरकार किसान भवन र मन्त्रीहरु बीच विज्ञान भवनमा छलफल गर्न तयार छ।'

यस अघि केन्द्रीय गृहमन्त्री अमित शाहले शनिबार सरकार किसानहरुसँग ३ डिसेम्बर  पहिले वार्ता गर्न तयार रहेको बताएको छ।

किसान आन्दोलनलाई मध्येनजर गर्दै दिल्ली प्रहरीले नयाँ दिल्लीका ९ रंगशालालाई अस्थायी जेल बनाउने माग गरेको थियो। तर, दिल्ली सरकारले अस्वीकार गरेको छ। किसानको विरोधलाई प्रभावित पार्न पुलिसले यस्तो माग गरेको थियो।

तर दिल्ली सरकारले भनेको छ, 'किसानहरूको माग जायज छ, त्यसैले उनीहरूलाई  जेलमा हाल्नु ठीक होइन।' दिल्ली सरकारका मन्त्री सत्येन्द्र जैनले विज्ञप्ति जारी गर्दै किसानहरूको माग जायज भन्दै उनीहरूको प्रदर्शन पनि शान्तिपूर्ण भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.