|

भद्रपुर : झापामा कुटपिट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ४ बस्ने २५ वर्षीय  दिवस लुङ्गेली र सोही ठाउँका ५५ वर्षीय प्रेम भन्ने बेमा दोर्जी तामाङ र २८ वर्षीय विशाल तामाङ रहेका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। 

प्रहरीका अनुसार मेचीनगर ४ आमडाँगी चोक बस्ने ५० वर्षीय पूर्ण बहादुर प्रधान र प्रेम भन्ने बेमा दोर्जी तामाङबीच वादविवाद हुँदा प्रधानले उनलाई कुटेका थिए। त्यसपछि उनीहरूले प्रधानलाई कुटपिट गरी गम्भीर घाइते बनेका थिए।

घाइते भएका प्रधानलाई तत्काल उपचारका लागि आम्दा अस्पताल धुलाबारी पठाइएको र उनको उपचार क्रममा मृत्यु भएको थियो। घटनापश्चात् इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

यता पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.