|

काठमाडाैं : प्रहरी नायव महानिरीक्षक डिआइजी विश्वराज पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरिएको छ। 

सोमबार साँझ गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो। 
बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजिपी सदस्यसचिव रहने व्यवस्था छ।

आफ्नो ब्याचका डिआइजीहरु सहकुल थापा, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तम सुवेदीलगायतलाई पछि पार्दै बढुवा सिफारिस भएका पोखरेललाई प्रहरी संगठनमा भावी आइजिपीका रुपमा हेरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.