|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव  भएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्बन्धित क्याम्पस र विभागलाई आग्रह गरेको छ।

स्थानीय तहले तोकेको समयसीमा र मापदण्डभित्र रही समन्वय गर्दै बन्द रहेका कक्षा सञ्चालन गर्न  सकिने त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सुर्यप्रसाद अधिकारीले बताए।

त्रिविले लकडाउनका कारण  स्थगित परीक्षा सञ्चालन गर्न सम्बन्धित क्याम्पसलाई अनुमति पनि दिएको छ। महाशाखा प्रमुख अधिकारीले भने‚ ‘जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितमा कक्षा सञ्चालन गर्ने र यसो गर्न सम्भव नभए वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालन गर्नुपर्ने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.