|
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्रै दोषी देख्नु गुटगत मानसिकता भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्रको विवादमा प्रधानमन्त्री ओलीलाई मात्रै दोषी देख्नु गतल भएको बताएका हुन्। 

'पार्टीमा उत्पन्‍न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी र गुटगत मानसिकता हो', उनले भनेका छन्। 

प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादको कारणले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। यही विवादबीच अध्यक्ष दाहालले कात्तिक २८ गते ल्याएको प्रस्ताव र प्रधानमन्त्री ओलीले मंसिर १३ गते ल्याएको त्यसको प्रत्युत्तरमाथि छलफल गर्न सचिवालय बैठक बस्दैछ। 

अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्य प्रधानमन्त्री ओलीकै कारणले पार्टीभित्र विवाद भएको भन्दै उनको राजीनामा दिनुपर्ने माग गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.