काठमाडौं : काठमाडौं उपत्यकामा ५ सय ३० जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौंमा ४ सय ९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ संक्रमित थपिएका हुन्। तीनै जिल्ला गरेर २ सय ४० महिला र २ सय ९० पुरुषमा कोरोना पुष्टि भएको हो।
काठमाडौंमा मात्रै ६ हजार ८ सय ६ सक्रिय संक्रमित छन्। ३ सय ८६ संक्रमितको मृत्यु, ८८ हजार ३ सय २ कोरोना संक्रमणमुक्त भएका र कुल संक्रमित ८८ हजार ३ सय २ छन्।
भक्तपुरमा सक्रिय संक्रमित ६ सय ४ छन्। ७ हजार २ सय ९८ कोरोना संक्रमणमुक्त, ९३ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ९ सय ९५ छन्।
त्यसैगरी ललितपुरमा १ हजार ३ सय ६१ सक्रिय संक्रमित छन्। ११ हजार ८ सय ८४ कोरोना संक्रमणमुक्त, १ सय १४ जनाको मृत्यु र १३ हजार ३ सय ५९ जना कुल संक्रमित छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।