|

काठमाडौं : देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेका छन्। यस्तै कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार ५ सय ८३ जनाको पिसिआर बिधिबाट गरिएको नमुना परीक्षणमा  १ हजार ३ सय ४ जनाको कोरोना भाइरस पोजेटिभ देखिएको छ।

पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ७३ जना कोरोनामुक्त भएका छन्। यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ। मन्त्रालयको  विवरण अनुसार नेपालमा आज कोरोना नयाँ संक्रमित थपिनेको संख्या भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै रहेको छ।

हाल सम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको निधन भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.