कोरोनाविरुद्धको लडाइमा कुनै राजनीतिक प्रभावमा नपरेको दाबी
कोरोनाविरुद्धको लडाइमा कुनै राजनीतिक प्रभावमा नपरेको दाबी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकार डा स्कट एटलसले राजीनामा दिएका छन्।
डाक्टर एटलस कोरोना भाइरसको विषयमा निकै विवादित बन्दै आएका थिए। ट्रम्पलाई धन्यवाद ज्ञापन गर्दै उनले राजीनामा दिएर आफ्नो ४ महिने कार्यकाल टुंग्याएका हुन्।
राजीनामामा उनले भनेका छन्, ‘मैले सधैं विज्ञान र प्रमाणको विश्वास गरेँ, कुनै राजनीतिक कारणबाट म प्रभावित बनिनँ।’ आफ्नो चारमहिने कार्यकालमा डाक्टर एटलसले कोरोना भाइरस नियन्त्रण गर्न मास्क लगाउन आवश्यक छ र? भन्ने विषयमा प्रश्न उठाउँदै आएका थिए।
कोरोना भाइरस टास्क फोर्सका अन्य सदस्यसँग पनि एटलस कैयौँ पटक विवाद गरेर चर्चामा आएका थिए। स्ट्यानफोर्ड विश्वविद्यालयका ह्युवर इन्स्टिट्युसनका वरिष्ठ फेलो तथा रेडियोलोजिस्ट रहेका एटलस गत अगस्टमा कोरोना टास्क फोर्समा सहभागी थिए। उनी मास्कविरोधी रहनुका साथै लकडाउनविरोधी पनि थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।