गाउँपालिका कार्यालय सिल

|

डडेल्धुरा : डेल्धुराको अजयमेरु गाउँपालिका उपाध्यक्षसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ। मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो।

गाउँपालिका उपाध्यक्ष कलावती भाँण, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत खडायतले जानकारी दिए।

उनका अनुसार गत १४ गते उनीहरूको स्वाब संकलन गरिएको थियो। स्बाव संकलन गरेका ३७ मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

‘गाउँपालिकामा कार्यरत एक कार्यालय सहयोगीमा कोरोना देखिएपछि उहाँहरुको स्वाब संकलन गरेका थियौं। आज १२ जनामा कोरोना देखिएको छ।’ स्वास्थ्य शाखा प्रमुख खडायतले भने।

एक जनप्रतिनिध र ११ जना कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि गाउँपालिका कार्यालय सिल गरिएको छ। संक्रमण पुष्टि भएका १२ जनाको सम्पर्कमा आएका ३१ जनाको स्वाब मंगलबार संकलन गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.