|

बैतडी : सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा गत हप्ता पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता भएको छ। उक्त प्रकरणमा संलग्न सातजनामाथि जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

पक्राउ परेका ६ जनामाथि बलात्कारको घटना ढाकछोप र फरार एकजनामाथि जबरजस्ती करणीको मुद्दा दर्ता भएको हो।  किशोरी बलात्कारका मुख्य आरोपी सिगास–३ का दीपकसिंह धामी फरार छन्। उक्त घटनालाई मिलापत्र गराउने वडा नम्बर ३ का वडाअध्यक्ष शेरसिंह साउद, स्थानीय राजेन्द्र धामी, नरेन्द्र धामी, गोपाल धामी, मनोजसिंह धामी र अमर धामीलाई प्रहरीले पक्राउ गरेको छ।

​किशोरी गत जेठमा बलात्कारमा परेकी भए पनि करिब सात महिनापछि घटनाबाहिर आएको हो। बलात्कारको घटना गत असारमा गाउँमै मिलापत्र गराएको थियो। पीडितलाई गत कात्तिक मसान्तसम्म एक तोला सुन दिने आश्वासनमा मलापत्र गरिए पनि सुन नदिई पीडक पक्षले उल्टै धम्की दिन थालेपछि  उक्त घटनाबाहिर आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.