|

धनगढी : युवतीसँग होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतराज चौधरी निलम्बित भएका छन्।

मंसिर कैलालीको बुढीतोलाको एक होटलमा युवतीसँग समातिएका चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो। मंसिर ९ गते मध्यराति सम्पर्कविहीन डिएसपी चौधरीलाई आचरणविरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सम्पर्कविहीन डिएसपी चौधरी बुढीतोलाको एक होटलमा युवतीसँग भेटिएका थिए। गृह मन्त्रालयले डिएसपी चौधरीलाई निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

‘छानबिनको क्रममा उहाँलाई निलम्बन गरिएको हो,’ उनले भनेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीप सिंह देउवाको नेतृत्वमा उनीमाथि छानविन गरिरहेको छ। पहिलो चरणमा जिम्मेवारी खोसेर छानबिन भइरहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.