प्रसिद्ध भारतीय मसला कम्पनी एमडीएचका संस्थापक महाशय धर्मपाल गुलाटीको निधन भएको छ।
उनी ९८ वर्षका थिए। बिहीबार बिहान हृदयघातका कारण उनको मृत्यु भएको हो। उनी तीन सातादेखि अस्पतालमा उपचाररत थिए।
एमडीएच मसलाको विज्ञापनमा उनको तस्वीर र भिडियो प्रयोग गरिएका कारण उनलाई धेरैले चिन्दथे। गुलाटीले आफ्ना पिता ‘महशियान दी हट्टी’को नाममा मसला कम्पनी स्थापना गरेका थिए।
सानो स्तरबाट व्यवसाय सुरू गरेका धर्मपालले कालान्तरमा देशविदेशमा आफ्नो उत्पादनलाई फैलाएका थिए। एमडीएचका उत्पादन एसियाका साथै अन्य महादेशमा पनि प्रसिद्ध छन्। कम्पनीको कारोबार १५ सय करोड भारतीय रुपैयाँभन्दा अधिक रहेको बताइएको छ।
व्यावसायिक क्षेत्रमा पुर्याएको योगदानका कारण गत वर्ष भारत सरकारले उनलाई पद्म भूषणले सम्मान गरेको थियो।
उनको निधनमा भारतीय रक्षामन्त्री राजनाथ सिंह‚ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतले दु:ख व्यक्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।