|
फाइल फोटो

तीन खेलको एकदिवसीय सिरिज २-१ ले गुमाएको पाहुना टोली भारत आजबाट ३ खेलको टी-२० सिरिज खेल्दै छ। पहिलो टी-२० अन्तर्गत क्यानबेरामा भारत-अस्ट्रेलिया दुबै सुखद सुरुवातको प्रतिक्षामा रहेका छन्। बाँकी दुई टी-२० ६ र ८ डिसेम्बरमा सिड्नीमा हुनेछ।

अस्ट्रेलियामा भारतको टी-२० मा राम्रो इतिहास रहेको छ। जहाँ ९ खेलमा भारतले ५ खेलमा जित निकालेको छ। पछिल्लो पटक सिड्नीमा भएको खेलमा भारत ६ विकेटको जित निकालेको थियो।

समग्रमा भारत अस्ट्रेलिया बिच भएको २१ खेलमा भारतले ११ तथा अस्ट्रेलियाले ८ खेलमा जित निकालेको छ। २ खेल नतिजा विहिन भएका थिए।

१२ वर्षबाट सिरिज हारेको छैन भारत

पछिल्लो १२ वर्षमा भारत अस्ट्रेलियामा भएको कुनैपनि टी-२० सिरिज हारेको छैन्। पछिल्लो पटक २०१८मा जब भारत- अस्ट्रेलिया को भ्रमणमा रहेको थियो। त्यसबेला सिरीज १-१ को  बराबरी भएको थियो। जहाँ ४ वर्ष अघि भारतले अस्ट्रेलिया विरुद्ध ३-० ले सिरीज क्लीन स्वीप गरेको थियो।

कोहली र स्मीथ दुई टीमको अपेक्षा

भारतीय टीम कप्तान विराट कोहलीकै आसमा रहँदा। अस्ट्रेलिया स्टीव स्मीथकको ब्याट चल्ने विश्वासमा छ। कोहलीले अस्ट्रेलिया विरुद्ध ६४ भन्दा धेरैको औषतमा ५८४ बढी रन बनाएका छन्। त्यस्तै उनी पछी केएल राहुल रहेका छन्। राहुलले १९ खेलमा ३१८ रन बनाएका छन्। त्यस्तै ओपनर शिखर धवन, श्रेयस अय्यर तथा मनीष पाण्डे लगायत ब्याटसम्यानसँग भारतको अपेक्षा बढी छ।

अस्ट्रेलियाका लागि स्मीथ सँगै कप्तान एरोन फिन्च, एलेक्स क्यारी, मार्नस लाबुशाने, ग्लेन म्याक्सवेल लगायतको प्रदर्शन अस्ट्रेलियाको अपेक्षाका रुपमा रहने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.