|

पर्वत : जमिनमुनिबाट कमिला निस्किए जस्तै गरी बिहान झिसमिसे उज्यालो हुन नपाउँदै ‘टेन्ट’ भित्रबाट मानिसहरू बाहिर निस्किन थाल्छन्। फोटो खिच्नका लागि ‘क्यामेरा’ तयार पारिन्छ। टहटह जुन लागेको रातमा चाँदी जस्तै टल्किरहेका धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमालका शिरहरू सूर्योदयसँगै विस्तारै सुनमा परिणत हुँदै जान्छन्।

अन्नपूर्ण हिमशृङखलालाई पृष्ठभूमिमा पार्दै फोटो खिच्ने रहर कसलाई पो लाग्दैन होला र? हिमालको दृश्य नजिकबाट नियाल्न, चिसो मौसम भए पनि राती अबेरसम्म ‘क्याम्प फायर’ गरेर बस्न र प्रकृतिसँग हराउन चहानेहरुका लागि ‘नेदरल्याण्ड क्याम्प’ धेरैको रोजाइमा पर्ने गरेको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ कयरबारीमा रहेको क्याम्पमा नेपालीहरुको आउजाउ भने त्यति थिएन। प्राय विदेशी पाहुनाहरूले भरिभराउ हुने ‘लज’ मा आजभोलि आन्तरिक पर्यटकहरु पनि देखिन थालेका छन्। कोरोना कहरका कारण विदेशी पाहुनाहरू ‘होल्ड’ मा रहँदा एक पटकमा एउटा समूहलाई मात्र राख्ने गरेर उक्त ‘इको लज’ सञ्चालनमा रहेको छ।

पोखरा बागलुङ सडकबाट माथि देखिने लुम्लेको भीरभन्दा केही परको घना जङ्गलमा रहेको लजको फरक बसाइँले धेरैको मन तान्ने गरेको त्यहाँ पुगेका पर्वतको कुस्माका युवाराम पौडेलले बताए।

‘यहाँ आउने भनेको फरक पनको महसुस गर्नका लागि हो। नेटको सुविधा नभएको ठाउँमा बसेर दैनिक तनावलाई क मगर्न यो जङ्गलको बिचमा बसेर प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेछ।’ उनले भने, ‘एडभेन्चर खालको बाइक यात्रा वा लुम्लेबाट टे«किङ गर्दै यहाँ आईपुग्नुमा गज्जब हुँदो रहेछ।’

चिसो मौसम भए पनि टेन्ट र काठबाट बनेको क्याबिनभित्रको न्यानो सुताई अनि सोही ठाउँबाट अर्को पर्यटकीयस्थल कास्कीकै धम्पुसमा जान सकिने भएका कारण पनि कतिपय पर्यटकहरु पैदल यात्रा गर्दै क्याम्पमा जाने गरेको लजका सञ्चालक चित्रबहादुर गुरुङको भनाई छ। क्याम्पमा पुग्नको लागि लुम्लेबाट करिब एक घण्टा पैदल यात्रा गरेर पुग्न सकिन्छ भने लुम्लेबाट मोटरसाइकलमा करिब आधा घण्टाको अवधिमा पुगिन्छ।

नेदरल्याण्ड क्याम्पबाट देखिएका तथा त्यहाँ पुग्ने क्रममा बाटोबाट देखिएका प्राकृतिक दृश्यहरू :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.