|

काठमाडौं : अनलाइन बजार दराजले यो वर्ष विशेष छुट अफरका साथ १२ .१२ घोषणा गरेको छ। ११.११ अभियानले सफलतापछि दराजले यस वर्षको अन्तिम सेल अभियान १२.१२ को घोषणा गरेको जनाएको छ। यो अभियान मंसिर २७ को मध्यरातदेखि पुस ३ गते अर्थात् डिसेम्बर १२ देखि १८ सम्म लागू हुने पनि कम्पनीले जनाएको छ।

१२.१२ मा दराजका उपभोक्ताहरूले विशेष छुटका साथ भाउचर र बैंक कार्डमार्फत थप छुटको लाभ उठाउन सक्नेछन्।

यस अभियानको लागि सानिमा, माछापुच्छ्रे र सिटिजन बैंकका क्रेडिट र डेबिट कार्ड बाहकले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत ९अधिकतम १ हजार २१२ रुपैयाँ० सम्मको छुट पाउन सक्नेछन्। यसबाहेक, उपभोक्ताले ‘मेगा गिभअवे’को रूपमा ६९ हजार ९९९ को नयाँ सामसुङ ग्यालेक्सी एस २० एफई जित्ने अवसर पाउनेछन्।

सेलको उत्साहलाई निरन्तरता दिनको लागि उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्छन्। जहाँ उनीहरूले नयाँ मोटोरोलाई प्लसलगायत अन्य उत्पादनहरु १ रुपैयाँमा जित्न सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.