|

हेटौंडा : मकवानपुरको राक्सिराङ–४ स्थित ऋद्धिसिद्धी सिमेन्ट सिमेन्ट उद्योगको ​गिङ्ङु खानी थप समस्याग्रस्त बन्दै गएको छ। आज पनि यस स्थानमा स्थानीयहरुले अवरोध गरेका छन्। 

चुनढुंगा उत्खनन क्रममा स्थानीयको घर नै पुरिन थालेको भन्दै तत्काल पुनर्वासको माग गर्दै खानी बन्द गरेर विरोध गरेका हुन्। उनीहरुले आइतबार खानीमा पुगेर नाराबाजी सहित उत्खनन रोकेका थिए।

करिब ६० जनाको संख्यामा पुगेका स्थानीयबासीले तत्काल पुनर्वासको व्यवस्था गर, जबर्जस्ती घरबास उठाउन बन्द गर, उचित मुआब्जा व्यवस्था गर' जस्ता प्लेकार्ड बोकेर विरोध जनाएका थिए।  

खानी विभागले हालसम्म गिङ्ङु डाँडामा ऋद्धिसिद्धी सिमेन्टले उत्खनन अनुमति लिइनसकेको जनाएको छ। गिङडु डाँडादेखि गोराङ्दी खोला किनारसम्म भिरालो जमिनमा रहेको बस्ती खानी सञ्चालनपछि उच्च जोखिममा रहने भन्दै खानी विभागको अध्ययन टोलीले बस्तीलाई अन्यत्र सारेर मात्र खानी सञ्चालन गर्न सकिने प्रतिवेदन विभागमा बुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.