|

संसद् विघटनपछि देशका सम्पूर्ण बौद्धिक वर्गले एक पक्षीय घारणा राखेको पाइएको छ। समाजिक सञ्जालदेखि पत्र पत्रिका र रेडियो टेलिभिजनमा जताततै कसैले ओली ठिक प्रचण्ड खराब र कसैले प्रचण्ड ठिक र ओली खराब भनेको पाइएको छ।  यो सोचबाट हामी कहिल्यै समस्या समाधानको विन्दुमा पुग्न सक्दैनौँ।

उखुमा गुलियोपन र खुर्सानीमा पीरोपन हुन्छ तर यो दुवैपनको उत्पादनमा माटो र पानी नै जिम्मेवार हुन्छ। ओलीमा पनि केही गुण होलान् प्रचण्डमा पनि केही गुण होलान् तर यी दुवैलाई उभ्याउने त आम नेपाली मतदाता नै हुन् अर्थात् नेताको माटो जनता नै हुन्। त्यसैले उनीहरूको जीवनमा उज्यालोपन ल्याउन दुवैले केही त्यागेर मिलन बिन्दुमा जानसक्नु वास्तवमा राजनीतिक गतिशिलता हो। 

नेताद्वयहरू कुनै ठाउँमा जोडले बग्ने जलप्रवाहले विद्युत् निकाल्दछ कुनै ठाउँमा त्यस्तै जलप्रवाहले हजारौँ हेक्टर जमिन स्वाहा पार्नुको साथै बस्ती सखाप पार्दछ। आखिर दुवै ठाउँमा प्रयोग हुने भनेको हाइड्रोको काइनेटिक शक्ति नै हो।

विभाजनपछि  हाम्रो बौद्धिक जगतले कुनै पनि ठाउँमा अझै यो दुवै पक्ष मिल्नुपर्छ भनेको पाइएको छैन। कम्तीमा हजारौँ लेखक विश्लेषकले यस्तो अनुरोध गर्ने हो भने उहाँहरू एउटा विन्दुमा आउने हो भने यत्रो देश चुनावमा जाने अनावश्यक खर्चबाट बँच्न सक्नेछ र त्योभन्दा पनि संविधानले परिकल्पना गरेको स्थिरता कायम हुने थियो।

आजको मितिमा २ मध्ये  एक जनाले अलिकति समय पदको त्याग गर्ने र अलिकति अहमता त्याग गर्ने हो भने केवल चुनावको खर्चमात्र होइन देशले अंगीकार गर्न चाहेको स्थिरता पनि बाँच्ने छ। 

चुनावकै कुरा गर्ने हो भने पनि यसअघि एक ढिक्का भएर ओली  प्लस प्रचण्डले पाएको  भोट विभाजन हुँदा कुनै अर्को पार्टीले  जित्ने निश्चित छ, अर्थात् दुवै पक्षले घाटालाई आत्मसात गर्नुभन्दा अहिले दुवैले नरम करम खाने हो भने राम्रो हुन्छ। अहिले नेकपा  विभाजित हुनु भनेको देश अर्को शताब्दीसम्म अस्थिरताको भुमरीमा पर्नु हो।

चुनाव गणतन्त्र तथा प्रजातन्त्रको गहना हो सबैलाई थाहा छ तर समयभन्दा अगाडि गरिने चुनावहरू आर्थिक विचलनको सुरुङमार्ग हो भन्ने कुरा दुवै नेताहरूले सम्झन र सम्झाउन आवश्यक छ ।

नेताद्वयहरू कुनै ठाउँमा जोडले बग्ने जलप्रवाहले विद्युत् निकाल्दछ कुनै ठाउँमा त्यस्तै जलप्रवाहले हजारौँ हेक्टर जमिन स्वाहा पार्नुको साथै बस्ती सखाप पार्दछ। आखिर दुवै ठाउँमा प्रयोग हुने भनेको हाइड्रोको काइनेटिक शक्ति नै हो।

अहिले आ-आफ्नो क्षेत्रबाट प्रधानमन्त्री ओली तथा अर्का नेता प्रचण्डले आफ्नो काइनेटिक शक्ति देखाइरहनु भएको छ जसले राष्ट्र विकासको विद्युत् उत्पादन गरिरहेको छैन। डिलहरू काटेर बस्ती र खेतीमा शक्तिरूपी बाढी प्रवेश भइरहेको छ र यहाँको यो ऊर्जाले दिनानुदिन अर्थहीन बर्बादी मात्र निम्त्यानएको छ। 

दुवै नेताले यो बाढीरूपी काइनेटिक शक्तिलाई रोकेर  देश विकासका लागि आवश्यक पर्ने सम्‍भावित अर्थात् पोटेन्सियल शक्तिमा रूपान्तरण गरौं वा समग्र बौद्धिक वर्ग तथा अन्य.पार्टी क्याडरहरू मिलेर यो कसैलाई पनि हित नहुने संघर्ष रोक्न अनुरोध गरौं।

सामान्य लेखकले तपाईंहरू  सम्‍झौता गर्नुहोस् भन्न सजिलो  छ तर तपाईंहरूलाई मिल्न गाह्रो होला र छ पनि तर  एक पटक सोच्नुहोस त यसरी दुईतिहाइ मत आएको पार्टी विभाजन गरेर चुनावमा जाँदा जनताले के भन्लान्।

कोरोनाले गर्दा लाखौँ जनताको अवस्था खल्बलिएको छ। जताततै भोक रोगको बिगविगि छ। यस्तो बेलामा चुनाव गराएर प्रधानमन्त्री तथा प्रचण्डले के पाउनु हुन्छ? फेरि उहि ह्याङ पार्लियामेन्ट, दुई वर्षपछि फेरि चुनाव, खराब नजिरको अन्तःहीन श्रृंखलाबाट देशले कहिले र कसरी त्राण पाउला। व्यक्तिका लागि होइन विधिका लागि संघर्ष  गर्नुहोस्। 

लाखौँ जनताका आर्थिक समृद्धिका ती सपनालाई रछ्यानमा फालेर चुनावका लागि अर्बौं खर्च जुटाउन विदेशीको घरमा अनुदान तथा ऋणका बाहुलम्पसार पार्नभन्दा तपाईंहरू दुवै जना मिल्नुहोस्।

मिल्दाको दिनबाट दुईतिहाइ समय प्रचण्डले र एकतिहाइ समय ओली प्रधानमन्त्री बन्नुहोस, केन्द्रीय समितिमा पेश गरिएको भनिएको राजनीतिक प्रस्तावलाई सहमतिमै फिर्ता लिनुहोस् सबै समस्या साफ हुन्छन्।  त्यसपछिको नियमित चुनावका लागि दुवै मिलेर जानुहोस्। कुनै पनि देशको भविश्‍य उचाईमा पुगेका नेताको त्याग  र मेलमिलाप बिना सम्‍भव छैन। आम मानिस वा कार्यकर्ताको जस्तो छोटो सोचाईबाट माथि उठेर, दुवैले आत्म-आलोचना र आत्मबोध गरेर फेरि एकपटक यसअघिको एकजुटता कायम राख्नुहोस्। यसअघि तपाईं स्वार्थका लागि एकजुट हुनु भएको थियो भने अहिले राष्ट्रस्वार्थमा एकजुट हुनुहोस्।

दुवैले अन्तरआत्माको आवाज सुनेर काम गर्नुहोस् पहिला दुईजनाले कुरा मिलाउनुहोस् त्यसपछि बाँकी त्यसपछिका नेताहरू मिलेर कुरा मिलाउनुहोस् र देशलाई अन्योलको दुष्चक्रमा रुमल्लिनबाट बचाउनुहोस्। यो सानो लेखकले मात्र यो चुनावको अर्बौ खर्च हुन्छ भनेर यो भनिरहेको छैन। आगामी दिनमा यस्ता घटना पटक-पटक नदोहोरियून् र देश २-२ वर्षे चुनावको चंगुलमा नफसोस् भन्ने कारणले मात्र भनेको छ। २१ शताब्दीको राजनेता बिसौँ शतब्दीको नेताभन्दा फरक र लचकदार होस् भन्ने अभिलाषालाई सर्वोपरी ठानेर यो अनुरोध गरिएको हो।

परिस्थितिजन्य अक्रमण्यताको कारण दुवैले हार्न र पछाडि धकेलिनभन्दा दुवैले जित्ने अवस्थाको सिर्जना गर्नु उपयुक्त हुन्छ। जुन उचाइमा यहाँहरू हुनुहुन्छ यसमा एक अर्काप्रति हिलो छ्याप्नु उपयुक्त हुँदैन। 

सत्य र अर्धसत्यको बीचमा असत्य हाबी हुँदा देशमा अन्योल सिर्जना भएको छ। अहिले आ आफ्ना पक्षका असत्यहरूलाई चिनेर तिनबाट बच्ने प्रयास गर्नुहोस् र देशलाई दीर्घकालसम्म अनिश्चितताको भुमरीमा पर्नबाट बचाउनुहोस्। सुधार भनेको गल्ती भइसकेपछि मात्र सम्‍भव छ अहिलेका गल्तीलाई पनि दुवै नेताले सुधार्नुहोस्।

यसअघि गिरिजाले संसद् विघटन गरे, मनामोहनले गरे भनेर अहिले पनि त्यस्तै गर्नु सर्वथा अनुपयुक्त र अर्थहीन अभ्यास हुनेछ। त्यसैले यसबाट बँच्ने उपाय गर्नु सबैपक्षका लागि उपलब्धिमूलक देखिन्छ।

संसद् विघटन भएपछि आजको दिनसम्म दुवै नेकपाहरूले एक अर्कालाई गाली गर्नमै बिताएका छन्। प्रजातन्त्रको सबैभन्दा खराबी नै यही रहेछ सम्‍भवतः यही कारणले एलएच मेनकेनले भनेका थिए, 'प्रजातन्त्रमा एउटा पार्टीको ऊर्जा अर्को पार्टीलाई खराब भन्नमा बित्दछ त्यसैले विकास  हुन पाउँदैन'  सम्‍भवतः नेपालमा  प्रत्येक प्रजातन्त्रमा यस्तै घटना दोहारिएको छ। राजनीति आफैँमा कठिन कार्य हो किनभने यो केवल देशको व्यवस्थापनमा मात्र सीमित छैन।

यहाँ नेतृत्व पनि लिनुपर्ने हुन्छ त्यसैले नेतृत्व तहमा पुगेका दुवैले एकपटक फेरि चमत्कारिक ऐक्यबद्धतामा आउनुहोस् भन्ने मनोभिलाषा आम जनताको छ।

व्यवस्थापनले  जे छ  त्यतिलाई मात्र व्यवस्थित गर्दा पुग्ने थियो तर नेतृत्वकर्ता नेताले आम जनताका असीमित आवश्यकतामाझ उनीहरूको भविश्य चिन्तनको बारेमा सोच्नुपर्ने हुन्छ। नेतृत्व गर्दा भौतिक, पुँजीगत तथा दूरदृष्टिगत  अभावले गर्दा प्रत्येक शासक अलोकप्रिय हुने र अर्कोले  त्यसलाई हटाउने खेल खेल्नु उपयुक्त होइन।

यसमाथि यसपटक  प्रधानमन्त्री ओली बन्ने भनी भोट मागियो र त्यसैले उहाँले नै ५ वर्ष चलाउनुपर्छ भन्ने मान्यतालाई अन्यथा सोच्नु हुँदैन तर लगभग १७ लाख मतदाताले केही समय प्रचण्ड  प्रधानमन्त्री बनेको हेर्न चाहेको यथार्थतालाई पनि सवैले मनन गर्नुपर्ने हुन्छ।

सत्य र अर्धसत्यको बीचमा असत्य हाबी हुँदा देशमा अन्योल सिर्जना भएको छ। अहिले आ आफ्ना पक्षका असत्यहरूलाई चिनेर तिनबाट बच्ने प्रयास गर्नुहोस् र देशलाई दीर्घकालसम्म अनिश्चितताको भुमरीमा पर्नबाट बचाउनुहोस्। सुधार भनेको गल्ती भइसकेपछि मात्र सम्‍भव छ अहिलेका गल्तीलाई पनि दुवै नेताले सुधार्नुहोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.